भारतीय कम्पनी ‘द मद्रास फर्मा’ले नेपालमा केहीलाई रोजगारी दिने

काठमाडौंँ। भारतीय औषधि उत्पादन कम्पनी द मद्रास फर्माले नेपालमा केहीलाई रोजगारी दिने भएको छ ।

मद्रासले फार्मेसिष्ट, बजार प्रतिनिधि, एचआर म्यानेजर, एकाउन्टेण्ट, सुरक्षा गार्डदेखि कार्यालय सहयोगीका लागि विज्ञापन खुलाउने तयारी गरेको छ । मद्रासको नेपालस्थित औषधि आयात कम्पनी शारदा मेडिकेयर ट्रेडर्स प्रालिले त्यसको व्यवस्थापन गर्ने जानकारी दिएको छ ।

शारदा मेडकेयर ट्रेडर्स प्रालिका लेखा तथा प्रशासन प्रमुख शिखर थापाकाअनुसार फार्मेसिष्ट १ जना, मार्केट प्रतिनिधि (एमआर) काठमाडौंका लागि ४ जना, पोखराका लागि १ जना, जनकपुरका लागि १ जना र धनगढीका लागि १ जना राख्ने तयारी गरेको छ ।

त्यस्तै मानव संशाधन (एचआर म्यानेजर) १ जना, एकाउन्टेण्ट काठमाडौंमा १ र नेपालगञ्जमा १ गरी दुई जना, डेलीभरी ब्वाई १ जना, सुरक्षा गार्ड १ जना र कार्यालय सहयोगी १ जनाका लागि विज्ञापन खुलाउने कम्पनीको तयारी रहेको शारदा ट्रेडर्सका प्रशासन प्रमुख थापाले केही दिनभित्रै रोजगारीका लागि विज्ञापन खुला गर्ने जानकारी दिए । यसका लागि फोन नम्बर ०१-४४२३५२१ मा फोन गरेर थप जानकारी लिन सकिने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *