नर्भिक अस्पतालले ५० प्रतिशत बोनस सेयर वितरण गर्ने

काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भई आह्वान भएको पहिलो वार्षिक साधारण सभा ले ५० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ ।

आइपिओ निष्कासनको समेत तयारीमा रहेको नर्भिक अस्पतालले आर्थिक वर्ष २०७७÷७८ को खुद नाफाबाट सेयर धनीलाई ५० प्रतिशतले हुन आउने बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको हो ।

नर्भिक अस्पतालको हालको चुक्तापूँजी १५ करोड रुपैयाँ रहेको छ । ५० प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापूँजी बढेर २२ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

यस्तै, एजीएमले हाल ३० करोडमा सीमित अधिकृत पुँजीलाई बढाएर १०० करोड पुर्‍याउने प्रस्ताव समेत पारित गरेको छ ।

नर्भिक अस्पतालले आर्थिक वर्ष २०७७÷७८ मा ८ करोड ५६ लाख खुद मुनाफा आर्जन गरेको थियो । सोही मुनाफाबाट ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक नगद लाभांश समेत व्यवस्थापन हुने बताइएको छ ।

थापाथलीस्थित बिएलसी बिल्डिङमा सम्पन्न वार्षिक साधारण सभामा सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहले सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो क्रममा अध्यक्ष सिंहले कोरोना भाइरस महामारीको बेला समेत हस्पिटलले सन्तोषजनक प्रगति गरेको जानकारी दिएका थिए । महामारीको समयमा जनमानसप्रति सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराइएको र नर्भिकले सामाजिक उत्तरदायित्वअन्तर्गत पनि प्रभावकारी कार्यक्रमहरू गरेको उनले जानकारी दिएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *