नारायणहिटीमा क्याफे सञ्चालन गर्न दिँदा बिबादमा तानिएका कार्यकारी निर्देशक दाहालको राजीनामा

काठमाडौँ । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले  राजिनामा दिएका छन् । उनले दिएको राजीनामा स्वीकृत भएको  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

उनले मंगलबार नै राजीनामा बुझाएका थिए । मन्त्रालयका सचिव महेश्वर न्यौपानेले भने, “कार्यकारी निर्देशक दाहालले राजीनामा दिनुभएको थियो, उहाँको राजीनामा स्वीकृत भएको छ ।”

कार्यकारी निर्देशक दाहाल नारायणहिटी दरबार सङ्ग्रहालयमा क्यान्टिन/क्याफ्टेरिया सञ्चालन गर्न दिने विषयमा बिबादमा तानिएका छन् । बतास समुहको कम्पनीलाई यो ठेक्का दिँदा निर्देशक दाहालले केही बुँदा थप गरेर दिएको, सिमा नतोकि सञ्चालन गर्न दिएको पाइएको भन्दै सरकारी छानबीन समितिले ठेक्कामा मिलेमतो भएको पाइएको प्रतिवेदन बुझाएको थियो । त्यसको भोलिपल्ट दाहालले राजिनामा दिएका हुन् ।

यो पनि पढ्नुहोस्

नारायणहिटीमा रेस्टुरेन्ट बनाउने ठेक्का दिँदा मिलेमतो भएको पाइयो : छानबिन समिति

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *