पीएम कप: कर्णालीको पहिलो जित

काठमाडौँ । पीएम कप टी-ट्वेन्टी राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले प्रदेश नम्बर एकलाई ३१ रनले हराएको छ । मंगलबार मुलपानीमा भएको १ सय २१ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश एकलाई ८९ रनमै समेटिएपछि कर्णालीले पहिलो जित हात पारेको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको कर्णालीले १ सय २१ रनको लक्ष्य प्रस्तुत गरेकोमा प्रदेश एक १७.५ ओभरमा ८९ रनमै अलआउट भयो । प्रदेश एकका फिर्दोस अन्सारीले २३ रन जोड्नु सर्वाधिक रह्यो।

३३ रन जोड्दा ७ विकेट गुमाएको प्रदेश एकलाई सम्हाल्ने क्रममा दिपेश कँडेल र श्रवण यादवले १५-१५ र कप्तान सिद्दान्त लोहनीले १४ रन बनाए । प्रदेश एकलाई सस्तैमा समेट्न कर्णालीका अनुज चुनराले ४ विकेट लिए। त्यस्तै दिवन पुनले २ तथा दिनेश अधिकारी, प्रकाश जैशी र अनुप कुंवरले १-१ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२० रन बनाएको थियो। उसका लागि रविन्द्र शाहीले ३६, प्रकाश जैशीले २५ रन बनाए।

प्रदेश एकका लागि मुकुन्द यादवले ३, फिर्दोस अन्सारीले २ तथा कमल खत्री र सिद्दान्त लोहनीले १-१ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *