२३ जलविद्युत कम्पनीलाई आईपीओको अनुमति दिन इप्पानको माग

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आवेदन दिएका २३ जलविद्युत कम्पनीलाई आईपीओ (साधारण सेयर निष्कासन) को अनुमति दिन माग गरेको छ ।

इप्पानले १ साताभित्रै अनुमति दिन आग्रह गरेको छ । साताभित्रै आईपीओ निश्कासनको अनुमति नपाए सशक्त आन्दोलन गर्ने चेतावनी समेत इप्पानले दिएको छ ।

बोर्डले सेयर निष्कासनको अनुमति समयमा नदिँदा निर्माणाधीन जलविद्युत आयोजनामा यसको गम्भीर असर परेको इप्पानले जनाएको छ ।

‘सेयर निष्कासन समयमा हुन नसक्दा रकम अभाव भई निर्माणाधीन आयोजनाको काम ठप्प हुने अवस्था आउन थालेको छ,’ इपानले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘जसका कारण निर्माण अवधि लम्बिन गई लागत समेत बढ्दा आयोजना नै सम्पन्न गर्न नसकिने समस्या तथा चुनौती आएका छन् ।’

निर्माणाधीन जलविद्युत आयोजनाको काम निर्धारित लागत र समयमा सम्पन्न गर्न नसक्ने हो भने १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारी लक्ष्यमा पनि गम्भिर धक्का पुग्ने इपानको ठहर छ । राज्य र लगानीकर्ताको अरबौँ रुपैयाँ नोक्सानी हुनुका साथै बैंक तथा वित्तीय संस्थाहरूमा पनि गम्भिर असर पर्ने भन्दै पाइपलाइनमा रहेका कम्पनीलार्ई चाँडो भन्दा चाँडो अनुमति दिन इपानले बोर्ड पदाधिकारीको ध्यानाकर्षण गराएको छ ।

इपानको ध्यानाकर्षणपछि बोर्ड पदाधिकारीले जलविद्युत कम्पनीको साधारण सेयर निष्कासनका लागि अनुमति दिने प्रक्रिया अगाडि बढिसकेको र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयका सचिवसँग छलफल भइरहेको आश्वासन इपान पदाधिकारीलाई दिएका थिए । बोर्डको नेतृत्व नहुँदा लामो समयदेखि सेयर निष्कासनका लागि आवेदन दिने कम्पनीले अनुमति पाउन सकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − seventeen =