र्‍यापर लाउरेसहित चार जना अझै १७ दिन हिरासतमा

पोखरा । लागु औषधसम्बन्धी कसुरमा पक्राउ परेका चर्चित र्‍यापर आशीष राना उर्फ ‘लाउरे’ सहित ४ जनालाई थप १७ दिन हिरासतमा राखिने भएको छ । जिल्ला अदालत कास्कीले १७ दिन थुनामा राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन अनुमति दिएको हो ।

यसअघि अनुसन्धानकै लागि ८ दिन थुनामा राखिएको थियो । लागु औषधसम्बन्धी कसुरमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई छुट छ । उनीहरूलाई पुस १५ गते पोखराको न्यूरोडबाट ब्राउन सुगर सहित पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा पोखरा २१ घर भई हाल पोखरा १७ छोरेपाटन बस्ने ३९ वर्षीय ध्रुवबहादुर थापा, कास्कीको रुपा गाउँपालिका वडा ७ घर भई हाल पोखरा १ बगर बस्ने ३० वर्षीय बिक्की भनिने नवीनकुमार गुरुङ र स्याङ्जाको भिरकोट नगरपालिका वडा ६ घर भई हाल पोखरा ८, सभागृहचोक बस्ने २२ वर्षीया सुस्मिता गुरुङ छन् ।

लाहुरले आफू लागु औषध सेवन नगरी स्टेज चढ्न नसक्ने प्रारम्भिक अनुसन्धानका क्रममा स्विकारी सकेको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले ९० दिन अवधिभित्रै आवश्यक अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालयमा अभियोग पत्र दायर गर्ने कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *