मनाङमा हिमपात, तापक्रम माइनस ६ भन्दा तल

पोखरा । मनाङ सदरमुकाम चामेमा हिमपात भएको छ । सोमबार बिहानैदेखि हल्का हिमपात शुरु भएको हो ।

जनजीवन भने सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अहिले मनाङको तापक्रम माइनस ६ डिग्री रहेको छ ।

हिमपात र चिसोबाट बच्न स्थानीयलाई प्रशासनले आग्रह गरेको छ । यस्तो बेलामा गर्ने भ्रमणमा समेत सचेतना अपनाउन प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *