एमाले म्याग्दीको अध्यक्षमा केसी

पोखरा । नेकपा (एमाले)म्याग्दीको अध्यक्षमा देवेन्द्र बहादुर केसी सर्वसम्मत चयन भएका छन् । आइतबार सकिएको अधिवेशनबाट केसीको अध्यक्षतामा पूर्ण कमिटी सर्वसम्मत चयन भएको हो ।

तत्कालीन उपाध्यक्ष तथा जिल्ला समन्वय समिति म्याग्दीको प्रमुख समेत रहेका केसी निर्विरोध हुँदा अध्यक्षका अर्का प्रत्याशी बालकृष्ण सुवेदीले केसीलाई नै समर्थन दिए । ९० सदस्यीय कमिटी चयन भएको एमाले म्याग्दीले जनाएको छ ।

उपाध्यक्षमा बालकृष्ण सुवेदी, सचिवमा सुरज केसी तथा उपसचिवमा थमसरा पुन र राजकुमार थापा सर्वसम्मत चयन भएका छन् । नवनिर्वाचित कमिटीले आइतबार नै शपथ लिएको छ । पदभार ग्रहणपछि अध्यक्ष केसीले संगठनलाई सशक्त बनाउन आफू र आफ्नो कमिटी अहोरात्र खट्ने वचन दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *