बसन्त बस्नेतको ‘महाभारा’ बजारमा

काठमाडौँ । पत्रकार एवं लेखक बसन्त बस्नेतको नयाँ उपन्यास ‘महाभारा’ लोकार्पण गरिएको छ । शनिबार काठमाडौँको बौद्धस्थित तारागाउँ म्युजियममा शनिबार आयोजित कार्यक्रममा लेखक बस्नेतकी छोरी अनुदिता बस्नेतले पुस्तक लोकार्पण गरेका हुन् ।

कार्यक्रममा पुस्तकबारे बोल्दै कवि उपेन्द्र सुब्बाले युद्धको क्रूर समयमा हुर्केको सुन्दर प्रेम कथा नै ‘ंमहाभारा’ रहेको बताए । सुब्बाले भने, ‘मलाई त यस्तो लाग्छ, यो पहरामा फुलेको अम्लारी फुङ (सुनाखरी फूल) हो ।’

कार्यक्रममा लेखक बस्नेतसँग पत्रकार एवं लेखक शिवानीसिंह थारूले संवादसमेत गरिन् । थारूले पुस्तक लेखनदेखि यसका पात्रहरूको मनोविज्ञानका विविध पक्षमा आधारित रहेर बस्नेतसँग संवाद गरेकी थिइन् ।

नेपाली भाषालाई लिम्बू लवजको व्याकरणमा मिलाएर लेखिनु नै यो उपन्यासको सबल पक्ष रहेको थारूले बताइन् । ‘नेपालका विभिन्न क्षेत्रमा विभिन्न किसिमका लवजमा नेपाली भाषा बोलिन्छ । त्यसलाई साहित्यमा ल्याउने काम जटिल नै छ,’ उनले भनिन्, ‘तर बसन्तजीले पूर्वेली लिम्बू लवजलाई नेपाली भाषामा जसरी उतार्नुभएको छ, त्यो अति मीठो छ । यही नै किताबको सशक्त पक्ष हो ।’

कोभिडका कारण शुरू भएको लकडाउनमा आफूले समय पाएको र त्यही बेला उपन्यास लेखनलाई गति दिएको लेखक बस्नेतले बताए । प्रेम, राजनीति र धर्मको त्रिकोणात्मक द्वन्द्वमा बुनिएको महाभारा मूलतः डुक्पाको कथा हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *