लामो समयदेखि थन्किएको रेलको पुनः परीक्षण

जनकपुरधाम । धनुषाको इनरुवा स्टेसनमा लामो समयदेखि थन्किएको दुवै रेलको इन्जिन शनिबार परीक्षण गरिएको छ ।  खरिद गरिएको लामो समयपछि एकै स्थानमा राखिएकोले दुवै रेलको इन्जिनलाई शनिबार कुर्थासम्म गुडाएर पुर्‍याइएको हो ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले लामो समयदेखि एकै स्थानमा राखिएको रेलको इन्जिन ट्रायलको लागि चलाएको बताए ।

खरिद गरेर नेपाल आएदेखि रेल नचलाउँदा दुवै रेलका इन्जिनका ब्याट्री, चक्काको पिस्टन, जेनरेटर खराब भएको थियो । शनिबार कुर्था ल्याउनुअघि दुवै रेलको इन्जिन मर्मत सम्भार गरिएको महाप्रबन्धक झाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *