मर्दी हिमालमा स्की महोत्सव

पोखरा । पर्यटकको आकर्षण बढाउन मर्दी हिमालको बेस क्याम्पमा पहिलो पटक स्की महोत्सव हुने भएको छ । दीगो हिमालयन कोष नामक संस्थाले महोत्सव गर्न लागेको हो । फेब्रुअरी १० देखि १८ सम्म स्की प्रतियोगिता हुने आयोजकले जनाएको छ । नेपालमा स्की पर्यटनको विकास गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको अध्यक्ष रामबहादुर थापाले बताए ।

महोत्सवलाई ग्रेट हिमालयन स्की भ्रमण नामाकरण गरिएको छ । प्रतियोगितामा सहभागीका लागि २ लाख २० हजारको बीमा व्यवस्था गरिएको छ भने अन्तर्राष्ट्रिय स्की प्रशिक्षक कृष्ण थापामगरको प्रशिक्षण तथा सहजीकरणमा प्रतियोगिता गरिनेछ । सोही अवसरमा पदयात्रा, आधारभूत स्की तथा स्नोबोर्ड तालिम, जीवनरक्षा तालिम, स्थानीय समुदायसँग अन्तरक्रियालगायत कार्यक्रम पनि समेटिएको छ ।

मर्दी हिमाल भर्खरै चर्चामा आएको क्षेत्र हो । पर्यटन प्रवर्द्धनमा समेत यसले सघाउ पुग्ने विश्वास लिइएकाे छ । ‘कोभिडपछि पर्यटकीय चहलपहल घटेको छ । नयाँ गन्तव्यहरूमा पर्यटक खासै गएका छैनन्,’ स्थानीय व्यवसायी सुदिप गौतमले भने, ‘स्की महोत्सवले मर्दीलाई उकास्छ । यहाँका नागरिकको जीवनयापन सहज हुन्छ ।’

महोत्सवमा ३ सयभन्दा बढी सहभागी हुने बताइएकाे छ । प्रतियोगितामा हिमालसँग सम्बन्धित संघ संस्थाहरूकाे सहकार्य छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *