इटालीबाट भारत आएका १२५ जना यात्रुमा कोरोना भेटियो

काठमाडौँ । इटालीबाट भारतको अमृतसर विमानस्थलमा आएका १२५ जना यात्रुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अमृतसर विमानस्थलमा गरिएको परीक्षणमा विमानमा रहेका १७९ मध्ये १२५ जना यात्रुमा कोरोना पोजिटिभ देखिएको दि हिन्दुस्तान टाइम्सले जनाएको छ ।

भारतका सबै विमानस्थलमा अन्तरराष्ट्रिय यात्रुको कोरोना परीक्षण गर्ने गरिएको छ ।

यसैक्रममा उनीहरुमा कोरोना पुष्टि भएको विमानस्थलका निर्देशक भीके सेठले बताएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *