भायनेटले ल्यायो अल्ट्राफाई टिकटक च्यालेन्ज
२०७८ पुस २२ गते

काठमाडौं । भायनेटले अल्ट्राफाई टिकटक च्यालेन्ज नामक टिकटक प्रतियोगिता ल्याएको छ।
यो प्रतियोगितामा कुनै पनि उमेर समूहकाले भाग लिन सक्नेछन् । च्यालेन्जको विजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने भायनेटको भनाई छ ।
प्रतियोगितामा भाग लिन रचनात्मक र मनोरञ्जनात्मक भिडियोको साथमा भायनेटको आधिकारिक टिकटक च्यानलमा भएको साउन्ड ट्र्याक प्रयोग गरी भिडियो अपलोड गरेर सहभागी हुन सकिने जनाएको छ।
साथै, यस च्यालेन्जमा भाग लिनका लागि प्रतियोगीहरूले दिइएको भायानेट अल्ट्राफाई साउन्ड ट्र्याक प्रयोग गर्नुपर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यो प्रतियोगिता जनवरी देखि सुरु भएको फेब्रुअरी २८, २०२२ सम्म खुला रहने जनाएको छ ।
२०७८ पुस २२ गते
प्रतिक्रिया
सम्बन्धित








