नेप्से ४३ अकंले बढ्यो, साढे ३ अर्बको कारोबार

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार (नेप्से) परिसूचक ४३.२९ अङ्क बढेको छ ।

हिजो बुधबार सेयर बजार (नेप्से) परिसूचक ३०.७५ अङ्क घटेको थियो भने ४ सय २९ कित्ता सेयर ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५ सय ५८ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

बिहीबार कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक १.६३ प्रतिशतले बढेर २६९२.४७ बिन्दुमा आइपुगेको हो ।

सेन्सेटिभ इन्डेक्स ९.१६ अङ्कले बढेर ५०६.१६ बिन्दुमा पुगेको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये २ उपसमूहका सूचक घटेका छन् भने बाँकी सूचक बढेका छन् ।

बिहीबार २ सय ३८ कम्पनीका ७३ लाख ३६ हजार ३ सय ३४ कित्ता सेयर ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार ३ सय ४९ रुपैयाँमा खरिदबिक्री भएको छ ।

यस दिन तेह्रथुम पावर कम्पनी लिमिटेडको सयेर मूल्य १० प्रतिशतले बढेको छ । भने नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्य पनि १० प्रतिशतले बढेको छ ।

मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको सयेर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *