मुस्ताङ प्रशासनले भन्यो – ‘हप्ताभरि हिमपात हुन्छ, घरभित्रै बस्नु’

पोखरा । गण्डकी प्रदेशकाका उच्च पहाडी तथा हिमाली क्षेत्रको मौसम बदली भइरहेको छ । घाम लागेको छैन भने उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । तल्लो क्षेत्रमा पनि चिसो बढेको छ । मुस्ताङमा हप्तैभरि हिमपात हुने भन्दै प्रशासनले स्थानीयलाई बाहिर ननिस्कन सूचना जारी गरेको छ ।

‘यो हप्ताभरि हिमपात हुने सम्भावना भएकोले बालबालिका, वृद्धवृद्धा र दीर्घ रोगीहरु एक्लै घरबाहिर ननिस्किनुहोला,’ सूचनामा भनिएको छ, ‘घरपरिवारसँगै न्यानो र सुरक्षित भएर विशेष सतर्कता साथ घरमै बस्नुहोला । विशेष परिस्थितिले घरबाहिर निस्किनु परे परिवारलाई जानकारी दिनुहोला ।’

पर्यटकलाई समेत विशेष सुरक्षा अपनाउन आग्रह गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले सूचनामार्फत् विशेष समस्या आईपरे प्रहरी र प्रशासनलाई जानकारी गराउन आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *