दैलेखका ६ मन्दिर पुनःनिर्माण गर्न एक करोड बजेट व्यवस्थापन

सुर्खेत । दैलेखमा रहेका धार्मिक स्थल मठ तथा मन्दिरको पुनःनिर्माणका लागि बजेट व्यवस्थापन गरिएको छ । बुधबार दैलेखको जिल्ला समन्वय समितिको कार्यालयमा बसेको बैठकले त्यस्ता सम्पदाको पुनःनिर्माणका लागि १ करोड १५ लाख रुपैयाँ बजेटको व्यवस्थापन गरेको हो ।

मन्दिरको पुनःनिर्माणका लागि कर्णाली प्रदेशको पर्यटन क्षेत्रको बजेटबाट बजेट छुट्टयाइएको कर्णाली प्रदेश सभा सदस्य शुसिलकुमार थापाले जानकारी दिए ।

सांसद थापाका अनुसार दैलेखको श्रीस्थान मन्दिरमा पक्की वाल र डिजिटल गेटसहित टिकट घर निमार्णको लागि क्रमश २५ रुपैयाँ छुट्याइएको छ । त्यस्तै, नाविस्थान मन्दिरमा सोही संरचना निर्माण गर्न १० लाख व्यवस्थापन गरिएको छ ।

यस्तै मालिका मन्दिरको नयाँ डीपीआर र तामाको पातासहितको निर्माणका लागि ३० लाख, कोटिला मन्दिरमा बाकीँ रहेको काम सम्पन्न गर्नको लागि १५ लाख र भैरवी मन्दिर निर्माणको लागि १० लाख रकमको व्यवस्थापन गरिएको छ ।

यस्तै, तल्लो डुङ्गेश्वर मन्दिर मन्दिरमा पार्क निर्माण गर्न १० लाख र धुलेश्वर मन्दिरमा पार्क निर्माण गर्न १५ लाख रुपैयाँ व्यवस्थापन गरिएको छ ।

बजेटको समन्वय र कामको थालनी भने डिभिजन वन कार्यालय दैलेखबाट हुने सांसद थापाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *