ज्योति विकास बैंकद्वारा ट्राफिक लाइट हस्तान्तरण

काठमाडौँ । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हाम्रो विकास प्रवर्द्धन कोष मार्फत ट्राफिक लाइट हस्तान्तरण गरेको छ।

बैंकले काठमाडौँ महानगरपालिका–१ महेन्द्र शालिक चोक कमलादीमा निर्माण गरेको ट्राफिक लाइट एक समारोहकाबीच ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको हो ।

बैंकका सञ्चालक समितिका सदस्य तथा हाम्रो विकास प्रवर्द्धन कोषका संयोजक सुरेन्द्र नेपाली, ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराई र काठमाडौँ महानगरपालिका– १ का वडा सदस्य अशोककुमार श्रेष्ठद्वारा संयुक्त रूपमा ट्राफिक लाइटको उद्घाटन गरिएको थियो।

उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट लगायत बैंकका विभिन्न पदाधिकारी र महानगरीय ट्राफिक प्रहरी वृत्तका विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *