बुधबारदेखि घट्न थाल्याे नेप्से, ३० अकंले घट्दा साढे ४ अर्बको कारोबार

काठमाडौँ । साताकाे सुरूबाटै लगातर बढेकाे सेयर बजार साताको चौथो दिनबाट भने ओरालो लाग्न थालेकाे छ ।

बुधबार सेयर बजार (नेप्से) परिसूचक ३०.७५ अङ्क घटेको छ ।  मगंलबार सेयर बजार (नेप्से) ६३ अकंले बढेर ४ अर्ब ३२ करोड रुपैयाँको खरिदबिक्री भएको थियो । त्यसअघि आइतबार र साेमबार दुबै दिन बजार बढेकाे थियाे ।

यस दिन कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक १.१५ प्रतिशतले घटेर २६४९.२० बिन्दुमा आइपुगेको हो ।

सेन्सेटिभ इन्डेक्स ६.६८ अङ्कले घटेर ४९७.०३ बिन्दुमा पुगेको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये २ उपसमूहका सूचक मात्र बढेका छन् भने बाँकी सूचक घटेका छन् ।

बुधबार २ सय ३६ कम्पनीका ९५ लाख ५९ हजार ४ सय २९ कित्ता सेयर ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५ सय ५८ रुपैयाँमा खरिदबिक्री भएको छ ।

यस दिन सबै भन्दा बढी मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको सयेर मूल्य ९.९६ प्रतिशतले बढेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *