जनरल इन्स्योरेन्स पनि अब एनपीआईमा आबद्ध

काठमाडौँ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्थाबीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृतराम चन्द्र श्रेष्ठ र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन्।

उक्त सम्झौता पश्चात् जनरल इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्विच (एनपीएस)अन्तर्गतको नेशनल पेमेन्ट इन्टर फेस (एनपीआई)सँग जोडिने निर्जीवन बीमा कम्पनी बनेको जनाएको छ ।

यसले कम्पनीकोआन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल आईपीएस र कनेक्ट आईपीएस प्रणालीसँग जोडी बिमा दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन,सर्भे पेमेन्ट, तलब, भेण्डर भुक्तानी, लगायत आफ्नो लगानीसम्बन्धी कारोबारहरुआबद्ध भएका बैंक खाताहरूबाट सोझै गर्न सक्ने कम्पनीले जनाएको छ ।

यसले जनरल इन्स्योरेन्सलाई आफ्ना विभिन्न खाताहरूबाट भुक्तानी कारोबारहरू सहजै आफ्नो अपरेटिङ्ग खातामा सार्न पनि मद्दत पुर्‍याउने छ । यी सबै कारोबारहरू सोझै बिमा कम्पनी तथा लाभग्राहीहरूका बैंक खाताहरूबाट हुनेछन् ।

यसरी एनपीआईमा जोडिए पछि जनरल इन्स्योरेन्सका सम्पूर्ण भुक्तानी पूर्ण स्वचालित रूपमा हुनुका साथै हिसाब मिलान गर्न पनि सजिलो हुने जनाएको छ ।

एनपीआई सँग गरिने उक्त इन्टिग्रेसनमा जनरल इन्स्योरेन्सको प्राविधिक पार्टनर अर्हान्त सोलुसन प्रालिको पनि महत्त्वपूर्ण भूमिका रहेको छ । जसले जेनेरल इन्स्योरेन्स लगायत १८ भन्दा बढी निर्जीवनबीमा कम्पनीलाई कोर प्रणाली प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *