दैलेखमा जिप दुर्घटना हुँदा एकको मृत्यु, ८ जना घाइते

सुर्खेत । दैलेखको नारायण नगरपालिका ११ मा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार बेस्तडाबाट दैलेख बजार आउँदै गरेको जिप बिहान नारायण नगरपालिका ११ स्थित लोहोरेमा दुर्घटनामा परेको हो ।

दैलेखका डिएसपी भुवनेश्वरप्रसाद शाहले लु २ च ४८२९ नम्बरको जिप दुर्घटनामा परेको जानकारी दिए । उनका अनुसार गाडी चालक करिब ३० वर्षीय कृष्ण रोकायको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

गम्भीर घाइते तीन जना घाइतेलाई उपचारको लागि दैलेख अस्पतालमा पठाइएकाे डिएसपी शाहले बताए । पाँच घाइतेको अवस्था सामान्य छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *