कांग्रेस सिरहा सभापतिलाई धम्की दिने एसपी पाण्डे निलम्बित

काठमाडौँ । कांग्रेस सिरहा जिल्ला सभापति रामचन्द्र यादवलाई धम्क्याएको आरोप लागेका एसपी हिराबहादुर पाण्डे निलम्बनमा परेका छन् । पाण्डेलाई मंगलबार तीन महिनाका लागि निलम्बन गरिएको हो ।

६ महिनाअघि सिरहा प्रहरी प्रमुखको जिम्मेवारी पाएका एसपी पाण्डेलाई ३ दिनअघि प्रहरी प्रधान कार्यालयले हेडक्वार्टर सरुवा गरेको छ । उक्त सरुवामा कांग्रेस सिरहा यादवको हात रहेको भन्दै उनले घरमै गएर धम्की दिएका थिए । सभापति यादवले आफ्नै घरमै आएर गाली गलौचका साथै गोली हानी मारिदिने धम्की दिएको भन्दै पाण्डेलाई निलम्बन गर्न माग गरेका थिए ।

जिल्ला सभापति यादवको घरमा गएको देखिएपछि थप अनुसन्धान गर्न तीन महिनाका लागि निलम्बन गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त बहादुर कुँवरले जानकारी दिए । सिरहा प्रहरी प्रमुखको जिम्मेवारी भने एसपी अर्जुन तिमल्सिनालाई दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *