सिद्धार्थ बैंकद्वारा मारवाडी सेवा समितिलाई १५ लाख सहयोग

काठमाडौं । सिद्धार्थ बैंकले काठमाडौँको फसिकेब मार्गस्थित मारवाडी सेवा समिति नेपाल नामको सामाजिक संस्थालाई डायलाइसिस मेसिन खरिद गर्न संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत १५ लाख आर्थिक सहयोग प्रदान गरेको छ ।

सो रकम बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले मारवाडी सेवा समिति नेपालका महासचिव प्रमोद अग्रवाललाई हस्तान्तरण गरेका हुन्।

बैंकबाट प्राप्त उक्त रकम मारवाडी सेवा समिति नेपालले डायलाइसिस मेसिन खरिद गरी मिर्गौला रोगीलाई निःशुल्क सेवा प्रदान गर्न उपयोग गर्ने जनाएको छ ।

मारवाडी सेवा समितिले राष्ट्रिय मिर्गौला उपचार केन्द्रसँगको प्राविधिक सहयोगमा पशुपति गौशाला धर्मशालाबाट उक्त सेवा प्रदान गर्न बताएको छ ।

बैंकले पुर्‍याएको सो रकम सहयोगबाट मिर्गौला रोग भएका व्यक्तिलाई डायलाइसिस सेवा दिएर जीवनस्तर सुधार गर्न केही हदसम्म भए पनि मद्दत पुग्ने बैंकले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *