एनआईसी एशियाको मोबाइल बैंकिङ्ग एप चलाउदाँ पैशा नलाग्ने

काठमाडौं । एनआईसी एसिया बैंकको मोबाइल एप वेबसाइट, आई सर्भिस तथा एनसेलमा निःशुल्क चलाउन सकिने भएको छ ।

डिजिटल बैंकिङ्ग प्रवर्द्धन गर्न यस्तो सुविधा व्यवस्था गरिएको बैङ्कले जनाएको छ ।बैंकका ग्राहकहरूले एनसेलको डाटा प्रयोग गरी एनआईसी एसिया मोब्यांक एपमार्फत इन्टरनेट बैंकिङ सुविधा निःशुल्क प्रयोग गर्न पाउने जनाएको छ ।

मोब्यांक एपमार्फत अन्तर बैङ्क रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउन्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवम् बुझ्ने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको स्थान पत्ता लगाउने, मोबाइल टपअप, युटिलीटि बिल भुक्तानी, क्युआर भुक्तानी, आफ्नो गुनासोको सुनुवाइ तथा प्रोग्रेस ट्य्राकिङजस्ता सुविधाहरू प्राप्त गर्न सकिने बैङ्कले जनाएको छ ।

साथै, विभिन्न कम्पनीहरूले जारी गर्ने प्रारम्भिक शेयर (आइपिओ)मा पनि मोब्यांकमार्फत आवेदन दिन सकिनेछ । प्रयोगकर्ताले कार्डबिनै एटिएमबाट नगद रकम झिक्न सकिने सुविधा र एपमा रहेको कस्टुमर केयरबाट ग्राहकको समस्या र जिज्ञासा समाधान गरिने बैङ्कले जानकारी दिएको छ ।

यसै गरी, आईसर्भिसमार्फत ग्राहकहरूले मोबाइल बैंकिङ्ग सेवाहरू (नयाँ आवेदन, अन ब्लक, ब्लक तथा पिन÷पासवर्ड रिसेट), ग्राहक सम्बन्धी सेवाहरू (ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो शेयर तथा सिआरएन आवेदन, बचत योजना परिवर्तन र टेलर सेवाहरू (नगद तथा चेक डिपोजिट भौचर भर्ने)र कार्ड सम्बन्धी सेवाहरू (ई–कमर्स दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन, डेबिट कार्ड रिप्लेस्मेन्ट आवेदन र इन्स्टा बाइ सुविधा प्राप्त गर्ने सक्ने बैङ्कले जनाएको छ ।

वेभ साइटबाट अनलाइन खाता र आइपिओ आवेदन, कर्जा प्रतिफल हिसाबकिताब, ईएमआई हिसाबकिताब लगायत अन्य सेवा सुविधाबारे जानकारी उपलब्ध हुने बैङ्कले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *