राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा ८ जनाको उम्मेदवारी दर्ता

विराटनगर । राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि प्रदेश १ मा ८ जनाले उम्मेदवारी दर्ता गरेका छन् । प्रदेश १ मा तीन जना सदस्यको लागि हुन लागेको निर्वाचनको मनोनयन दर्ता गर्न आठ जना पुगेका हुन् ।

नेकपा एमालेले तीन जनाको मनोनयन दर्ता गराएको छ भने सत्ता गठबन्धनको तर्फबाट तीन जनाले मनोनयन दर्ता गरेका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट दुई जनाले म नोनयन दर्ता गरेसँगै  राष्ट्रिय सभा सदस्यकोलागि मनोनयन दर्ता गराउनेको सङ्ख्या आठ पुगेको निर्वाचन कार्यालयले जनाएको छ।

एमालेको तर्फबाट उम्मेदवारी दर्ता गर्नेमा पासाङल्यामु गाउँपालिका ५, सोलुखुम्बुका सोनाम गेल्जेन शेर्पा, विराटनगर महानगरपालिका १२ मोरङका  गुरुप्रसाद बराल र दमक नगरपालिका ५ झापाकी सुमित्रा सुवेदी भण्डारी रहेका छन् ।

सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका गोपाल बस्नेत, नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र जनता समाजवादी पार्टीका  हेमराज थुलुङ राईले उम्मेदवारी दर्ता गराएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले छुट्टै मनोनयन दर्ता गराएको छ । राप्रपाको तर्फबाट झापाका अमर विष्टले खुला र रञ्जु प्याकुरेलले महिलातर्फ उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रदेशसभाका एक सांसद र स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष गरी चार जनाको १२० मतभार रहेको राप्रपाले नेकपा एमालेलाई सघाउन सक्ने अनुमान गरिँदै आएको थियो । चार वर्षे कार्यकाल पुरा गरी रिक्त हुने राष्ट्रियसभाका तीन सदस्यका लागि माघ १२ गते निर्वाचन कार्यक्रम हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *