नेप्से ६३ अकंले बढ्दा ४ अर्ब ३२ कराेडकाे कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबारको दिन मगंलबार पनि सेयर बजार (नेप्से) परिसूचक ६३.०१ अङ्क बढेको छ । साताकाे सुरूवाटै सेयर बजार उकालाे यात्रामा छ ।

मंगलबार कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक २.४१ प्रतिशतले बढेर २६७९.९५ बिन्दुमा आइपुगेको हो ।

सेन्सेटिभ इन्डेक्स १५.८५ अङ्कले बढेर ५०३.७२ बिन्दुमा पुगेको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये २ उपसमूहका सूचक घटेका छन् भने बाँकी सूचक बढेका छन् ।

मगंलबार २ सय ३४ कम्पनीका ९१ लाख १० हजार ७ सय ५८ कित्ता सेयर ४ अर्ब ३२ करोड २६ लाख ९ हजार ८ सय २८ रुपैयाँमा खरिदबिक्री भएको छ ।

यस दिन सप्तकोशी विकास बैंक लिमिटेड र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेडको सयेर मूल्य १० प्रतिशतले बढेको छ । भने

मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको सयेर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *