राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा एमाले र गठबन्धनकाे मनोनयन दर्ता

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनकाे लागि प्रदेश १ मा नेकपा एमाले र गठबन्धनले मनोनयन दर्ता गरेका छन् । एमालेका तीन जनाले राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दर्ता गरेका हुन् । एमालेका  पासाङल्यामु गाउँपालिका ५, सोलुखुम्बुका सोनाम गेल्जेन शेर्पा, विराटनगर महानगरपालिका १२ मोरङका  गुरुप्रसाद बराल र दमक नगरपालिका ५ झापाकी सुमित्रा सुवेदी भण्डारीले निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गरेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयमा पुगेको टोलीले मनोनयन दर्ता गराएको हो । त्यस्तै गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीबाट जयन्ती राई, नेपाली कांग्रेसबाट गोपाल बस्नेत र जनता समाजवादी पार्टीका हेमराज राईले पनि मनोनयन दर्ता गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *