लक्ष्मी बैंकको १०औँ एक्स्टेन्सन काउन्टर विस्तार

काठमाडौँ । लक्ष्मी बैंकले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो दशौं एक्सटेन्सन काउन्टर काठमाडौँको नयाँ बानेश्वर स्थित नागरिक लगानी कोषमा स्थापना गरेको छ ।

यस नयाँ एक्स्टेन्सन काउन्टर को स्थापनाको साथै लक्ष्मी बैंकको सञ्जाल ५० जिल्लामा १३८ शाखा, १० एक्स्टेन्सन काउन्टर, ५ हस्पिटल सेवा काउन्टर, १७१ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरू पुगेको छ ।

यसको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरूको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरूमा सक्रिय रूपमा सेवा विस्तार गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *