दर्ता प्रक्रियामा रेशमपत्नी नेतृत्वको ‘नागरिक उन्मुक्ति पार्टी’

काठमाडौँ । निलम्बित सांसद रेशम चौधरीको दल ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ता प्रक्रियामा पुगेको छ । सोमबार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएकोमा आज दर्ता प्रक्रियामा पुगेका हो ।

दलको यसको चुनाव चिह्न ढकी (ढाकी) छ । रेशम चौधरीपत्नी रञ्जिता श्रेष्ठको नेतृत्वमा गठन भएको पार्टी २१ सदस्यीय केन्द्रीय कमिटी छ । अन्य पदाधिकारी भने अहिले तोकिएका छैनन् ।

कैलालीको टीकापुर घटनामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका चौधरी समर्थित नेताहरू सोमबार पार्टी दर्ताका लागि बाजागाजासहित आयोग गएका थिए । निवेदन दिएको ४५ दिनभित्र आयोगले दल दर्ताको प्रमाणपत्र दिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *