ज्योति विकास बैंकद्वारा अस्पतालहरूलाई बेबी वार्मर प्रदान

काठमाडौँ । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत हाम्रो विकास प्रवर्द्धन कोषमार्फत देशका ५ विभिन्न अस्पतालहरुलाई बेबी वार्मर (न्यानो नानी) प्रदान गरेको छ ।

बैंकले लिपनिबिर्ता स्वास्थ्य चौकी परवानीपुर बारा, हेटौँडा अस्पताल-हेटौँडा, बेतिनी सामुदायिक स्वास्थ्य चौकी-फापरबारी मकवानपुर, चन्द्रनिगाहपुर अस्पताल राैतहट र इनरुवा अस्पताल, सुनसरी गरी ५ ठाउँमा राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको हाे।

बैंकले यी विभिन्न अस्पताललाई नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको हो।

अस्पतालहरूमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका विभिन्न पदाधिकारीहरूबाट लिपनिबिर्ता स्वास्थ्य चौकी, हेटौँडा अस्पताल, बेतिनी स्वास्थ्य चौकी, चन्द्रनिगाहपुर अस्पताल र इनरुवा अस्पतालका पदाधिकारीहरू लगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरूको उपस्थितिका बिच सो बेबी वार्मर औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

साथै सोही कार्यक्रमका बिच अस्पतालका डाक्टर, नर्स लगायत विभिन्न सम्बन्धित कर्मचारीहरूलाई बेबी वार्मर सञ्चालन सम्बन्धी विशेष तालिम पनि प्रदान गराइएको थियो।

बैंकले १३ औँ वार्षिकोत्सवको अवसरमा डा. महावीर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रलाई १२ वटा न्यानो नानी बेबी वार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुँच नपुगेका अस्पताललाई हस्तान्तरण गर्ने सहकार्यका लागि सो केन्द्रको ‘न्यानो नानी’ परियोजना- २ को लागि सहयोग प्रदान गरेको थियो।

बैंकले यसअघि पनि राष्ट्रिय आविष्कार केन्द्र सँगको सहकार्यमा कपिलवस्तु सामुदायिक अस्पताल (कपिलवस्तु, मध्य बिन्दु जिल्ला अस्पताल ,नवलपुर, महाकाली अञ्चल अस्पताल, कञ्चनपुर, प्युठान जिल्ला अस्पताल,प्युठान, प्राथमिक स्वास्थ्य केन्द्र,महोत्तरी, आम्दा अस्पताल-झापा, जिल्ला अस्पताल-खोटाङ,सामरी स्वास्थ्य चौकी, नुवाकोट, बेनी अस्पताल, म्याग्दी र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र) बागलुङलाई एक-एक थान बेबी वार्मर गरी १० वटा बेबी वार्मर प्रदान गरेको थियो।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *