राष्ट्रिय सभा निर्वाचन

गण्डकीबाट एमालेका तीन जनाको उम्मेदवारी दर्ता

काठमाडौँ । राष्ट्रिय सभाको निर्वाचनमा गण्डकीबाट एमालेका तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । माघ १२ गते हुने निर्वाचनमा गण्डकीबाट एमालेबाट पुण्यप्रसाद पौडेल, लिला पोखरेल थनेत र अर्जुनकुमार सुनामले उम्मेदवारी दर्ता गराएका हुन् ।

पौडेलले अन्य समूहबाट, थनेतले महिला कोटाबाट र सुनामले दलित कोटाबाट उम्मेदवारी दर्ता गराएका हुन् । यही माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । राष्ट्रिय सभाको निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *