प्रचण्डले छाने माओवादीका राष्ट्रियसभा उम्मेदवार, को-को छन् ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाका लागि आफ्नो पार्टीका उम्मेदवारको टुंगो लगाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनबाट पार्टीले पाएको ५ सिटमा उम्मेदवार तय गरेका हुन् ।

माओवादीको केन्द्रीय कमिटीको बैठकले उम्मेदवार छान्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

प्रचण्डले प्रदेश २ को महिलातर्फ उर्मिला अर्याल, गण्डकीको अन्यतर्फ सुरेश आले मगर, दलिततर्फ भरत सुनार, कर्णालीमा अपाङ्गतर्फ सुर्खेतका नरबहादुर विष्ट र सुदूरपश्चिम प्रदेश दलिततर्फ जगत पार्कीलाई उम्मेदवार बनाएका छन् ।

यही माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *