थप तीन जना कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत, अझै परेनन् मीनेन्द्र

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप तीन जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका छन् । सभापति देउवाले विधानको २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।

यसअघि सभापति देउवाले १० जनालाई मनोनीत गरेका थिए । देउवाले आफूनिकट नेताहरूलाई मात्रै मनाेनीत गरेकाे भन्दै आलाेचना शुरू भएकाे छ । नेता अर्जुनरसिंह केसीले मीनेन्द्रप्रसाद रिजाललगायतका नेताहरूलाई मनाेनीत गर्नुपर्ने माग गरेका छन् ।

१३ जना मनाेनीत भइसक्दासमेत नेता रिजाललगायतका नेताहरूकाे नाम आएकाे छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *