सवारी चाेरी बढ्दाे : सिटी र मोटरसाइकल चोरीमा संलग्न ६ जना पक्राउ

विराटनगर । माेटरसाइकल र सिटी सफारी चोरीमा संलग्न ६ जना पक्राउ परेका छन् । माेटरसाइकल चोरी गर्ने ४ जना र सिटी सफारी चोरीमा संलग्न दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको हो । गत बुधबार दिउँसो विराटनगर महानगरपालिका १५ स्थित महेन्द्र चोकबाट को १ ह ३४०९ नम्बरको सिटी सफारी चोरी भएको थियो ।

चोरीमा संलग्न विराटनगर महानगरपालिका १४ बस्ने बर्ष २५ को  जावेद र वर्ष २२ को सञ्जीव साहलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई विराटनगर महानगरपालिका वडा नम्बर १८ फडानीबाट इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सिटी सफारीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दिपक श्रेष्ठले बताए ।

पक्राउ परेका दुवैजनालाई चोरी कसूरमा मोरङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको छ । त्यस्तै प्रहरीले गत पुस ८ गते हराएको माेटरसाइकलसहित चार जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका ७ स्थित मेरिल्याण्ड कलेज अगाडी पार्किङ गरी राखेको को २३ प ८८११ नम्बरको माेटरसाइकल चोरीमा संम्लग्न चार जनालाई पक्राउ गरि अदालतमा ५ दिनको म्याद थप गरिएको डिएसपी श्रेष्ठले बताए ।

माेटरसाइकल चोरी गर्नेहरू सुनसरीको दुहवी नगरपालिका ४ का वर्ष २२ को समीर मियाँ, मोरङको विराटनगर महानगरपालिका १५ वस्ने बर्ष २० को नितेश मेहता, वेलबारी नगरपालिका ११ बस्ने वर्ष २० को सागर लिम्बु र वर्ष २२ को सनम मगरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *