ग्लोबल आइएमई बैंकद्वारा वार्षिकोत्सवको अवसरमा रक्तदान

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १५औँ वार्षिकोत्सवको अवसरमा देशव्यापीरुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकले शुक्रवार सातवटै प्रदेशमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमअन्तर्गत, प्रदेश १ को तिन पैनी शाखा, विराटनगर, मोरङ, प्रदेश २ को लहान शाखा, सिराहा, वाग्मती प्रदेशको कान्ति पथ शाखा, काठमाडौँ, गण्डकी प्रदेशको न्यूरोड शाखा, पोखरा, कास्की, लुम्बिनी प्रदेशको मिलन चोक शाखा, बुटवल, रुपन्देही, कर्णाली प्रदेशको विरेन्द्रचोक शाखा, सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश कार्यालय, चटकपुर, धनगढीमा पौष १६ गते रक्तदान कार्यक्रम आयोजना गरिएको छ । देशभर आयोजित कार्यक्रममा ४१६ रक्तदाताहरूबाट १८७ लिटर रगत दान गरिएको छ ।

यस अघि बैंकले महिलालाई आर्थिकरुपमा सशक्त बनाउने उद्देश्यका साथ देशव्यापी मेरी उनीलाई स्वस्थ नारी पहल निःशुल्क महिला स्वास्थ्य शिविर पनि सञ्चालन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *