गोरखामा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ जना घाइते
२०७८ पुस १६ गते

पोखरा । गोरखाको माछाखोलामा मिनी ट्रक पल्टिँदा २ जनाको मृत्यु भएको छ । आरुघाट बजारबाट माछाखोलातर्फ जाँदै गरेको बा ५ ख ६५६६ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा चालक र अर्का एक जनाको मृत्यु भएको हो ।
मृतकको पहिचान खुलेको छैन । चालक २३ वर्षका निराजन नेपाल हुन् भने अर्का अन्दाजी २१ वर्षका पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
४ जना घाइते छन् । धार्चे ३ का आसमान गुरुङको अवस्था गम्भीर छ । धार्चे ३ कै २६ वर्षीया शरणी गुरुङ, उनकी २ वर्षकी छोरी सपना गुरुङ र धार्चे ५ कि अश्मिता गुरुङको अवस्था सामान्य छ ।
२०७८ पुस १६ गते
प्रतिक्रिया
सम्बन्धित








