सिद्धार्थ बैंक पनि अब नेशनल पेमेन्ट स्वीचमा आबद्ध

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच एनसीएचएलले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका लागि औपचारिक रूपमा सम्झौता भएको छ।

उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका पेमेन्ट सोलुसन्स डिपार्टमेन्ट एन्ड बिजनेस सपोर्ट प्रमुख सुरेशराज महर्जन तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुरूप सिद्धार्थ बैंकले नेशनल पेमेन्ट स्वीचको पहिलो चरणमा ‘रिटेल पेमेन्ट स्वीच’अन्तर्गत ‘नेपाल–क्युआर स्ट्याण्डर्ड’बमोजिम ‘नेपाल पे क्युआर’ तथा ‘इन्टर नेटवर्क क्युआर’ प्रयाेग गर्न पाउने भएकाे छ ।

त्यस्तै, ‘डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे’ तथा ‘इ–म्यान्डेट’का उपकरणहरू विभिन्न भुक्तानीका लागि ‘बिलर गेटवे’मार्फत अन्तर–आबद्धता तथा ‘पीएसओ सेटलमेन्ट’लगायतका भुक्तानी उपकरणहरू प्रयोग गर्न सक्ने जनाइएको छ।

उक्त स्वीच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारको रूपमा रही विभिन्न रियल टाइम, नन–रियल टाइम तथा ओपन एपीआईमार्फत बैंकले आफ्ना ग्राहकलाई अन्य थप सेवा पनि प्रदान गर्न सक्ने छ।

हाल नेशनल पेमेन्ट स्वीचमा ३६ वटा बैंक तथा वित्तीय संस्था र ३ भुक्तानी प्रणाली प्रदायक गरी ३९ वटा संस्था आबद्ध भइसकेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *