एभरेष्ट बैंकको मोबाइल एप ओम्नी च्यानल प्रणालीमा अपग्रेड

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले इबिएल-टच २४ (मोबाइल एप) लाई ओम्नी च्यानल प्रणालीमा अपग्रेड गरेको छ ।

एभरेष्ट बैंकले आफ्नो मोबाइल बैंकिङ संस्करणलाई नयाँ ओम्नी च्यानलमा अपग्रेड गरेको हो ।

अपग्रेड गरिएको मोबाइल बैंकिङ सेवाले बैंकका ग्राहकहरूलाई जुनसुकै बेला र जहाँसुकै (मोबाइल, ट्याब, पिसी, ल्यापटप आदि) बाट डिजिटल प्लेटफर्महरू प्रयोग गर्न सहज बनाउने बैंकले जनाएको छ ।

बैंकको लाजिम्पाटस्थित मुख्य कार्यालयमा आयोजित एक कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र एफ वान सफ्टका अध्यक्ष विश्वास ढकालको उपस्थितिमा उक्त प्रणालीको शुभारम्भ गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *