ओमिक्रोनलाई निस्कृय पार्ने ‘एन्टीबडी’ पत्ता लागेको वैज्ञानिकको दाबी

न्युयोर्क। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम विश्वभर बढिरहेको छ । जोखिम बढिरहेका बेला वैज्ञानिकहरूले नयाँ भेरियन्टलाई तटस्थ पार्ने एन्टिबडी पत्ता लागेको बताएका छन् ।

यो सँगै नयाँ भेरियन्ट नियन्त्रणमा वैज्ञानिकहरूमा केही आशा पलाएको छ । पत्ता लागेको भनिएको एन्टिबडीले भाइरस उत्परिवर्तन भइसकेपछि पनि परिवर्तन नहुने भाइरसको संरचनाको क्षेत्रलाई निशाना बनाउनेछ ।

विकसित एन्टिबडीले अहिले विश्वभर त्रास फैलाइरहेको ओम्रिकोनबाहेक भविष्यमा उत्पत्ति हुने नयाँ भेरियन्ट नियन्त्रणमा पनि उपयोगी हुने युनिभर्सिटी अफ वासिंगटन स्कुल अफ मेडिसिनका प्राध्यापक डेभिड भेस्लर बताउँछन् ।

नयाँ एन्टिबडीबारे गरिएको अध्ययन जर्नल नेचरमा प्रकाशित छ । अध्ययनले खोप निर्माण गर्न र एन्टिबडी उपचारमा सहयोग गर्ने वैज्ञानिकहरूले विश्वास गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *