श्राद्धका लागि उत्तर गया पुगे पूर्वराजा (तस्बिरहरू)

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह श्राद्ध गर्न गोकर्णेश्वर मन्दिर पुगेका छन् । शाह पितृ श्राद्धका लागि बिहान गोकर्णेश्वरको उत्तरबाहिनीस्थित उत्तर गया पुगेको हुन् ।

तीर्थ श्राद्ध स्थलको नामले परिचित उत्तर गया क्षेत्रमा आफ्ना दिवङ्गत पितृको नाममा पूर्व राजाले श्राद्ध गरेका छन् । बागद्वारबाट बहन शुरु भएको बागमती उत्तरबहिनी क्षेत्रमा आएसी दक्षिणबाट उत्तरतर्फ बहने भएकोले यस क्षेत्रलाई उत्तर गयाको नामले चिनिन्छ ।

केही दशकअघि तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहले पनि उत्तर गया क्षेत्रमा आए यहाँ अवस्थित कान्ति भैरवको मन्दिरमा पूजा आराधना गरेका थिए । यस क्षेत्रमा श्राद्ध, तर्पण गर्नाले पितृहरूको उद्धार हुने धार्मिक विश्वास रहिआएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *