नेप्से ५ अकंले बढ्यो, साढे ३ अर्बकाे कारोबार

काठमाडौँ । साताको चौथो कारोबारको दिन बुधबार सेयर बजार (नेप्से) परिसूचक ५.५१ अङ्क बढेको छ । हिजो मगंलबार पनि सेयर बजार नेप्से २.६६ अङ्कले घटेको थियो भने र ३ अर्ब १२ करोड ५५ लाख ७५ हजार ६ सय ३२ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस दिन कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक ०.२२ प्रतिशतले बढेर २५२४.५० बिन्दुमा आइपुगेको हो ।

सेन्सेटिभ इन्डेक्स ०.२६ अङ्कले बढेर ४७१.२४ बिन्दुमा पुगेको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ५ उपसमूहका सूचक घटेका छन् भने बाँकी  सूचक बढेका छन् ।

बुधबार २ सय २८ कम्पनीका ५६ लाख ३८ हजार २ सय ७९ कित्ता सेयर ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार २ सय ९२ रुपैयाँमा खरिदबिक्री भएको छ ।

यस दिन मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको सयेर मूल्य ९.९९ प्रतिशतले बढेको छ । भने नेपाल बङ्गलादेश बैंक लिमिटेडको सेयर मूल्य ९.८ प्रतिशतले बढेको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *