सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा जागरण कार्यक्रम सम्पन्न

काठमाडौँ । सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा जागरण कार्यक्रम सम्पन्न भएको छ ।

सन नेपाल लाइफले सङ्खुवासभाको खाँद बारी, चैनपुर,भोजपुर, तेहथुमको वसन्तपुर तथा धनकुटा कार्यालयहरूमा बिमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रम सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

साथै कार्यक्रममा बिमाको महत्व र दाबी भुक्तानी कसरी गर्ने तथा जनमानसमा बिमाको प्रभावकारी भूमिकाको सम्बन्धमा बिस्तार पूर्वक अभिकर्ताहरुलाई महाप्रबन्धक गौतमले प्रशिक्षण दिएका थिए ।

उक्त कार्यक्रमहरूको संयोजन बिर्तामोड शाखाको शाखा प्रबन्धक तुलसीनाथ पौडेलले गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *