प्रदेश १ मा हिमपात : हिउँ खेल्नेलाई रमाइलो, स्थानीयलाई सकस

विराटनगर ।  प्रदेश १ का हिमाली तथा पहाडी जिल्लाका उच्च क्षेत्रमा हिमपात भएको छ। ताप्लेजुङ र पाँचथरमा  २ दिन अघि देखि नै हिमपात शुरु भएको हो भने  आज बिहानदेखिको वर्षासँगै प्रदेश १ का अन्य जिल्लामा पनि हिमपात शुरु भएको हो ।

पाँचथरको याङवरक र फालेलुङ गाउँपालिमा पर्ने उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो ।  तिम्बुपोखरी, पहाडेमेगु, फलेके, मेजर, चिवाभञ्ज्याङ, लामपोखरी, तोरीफुले, फालोट, तीन सिमाना, चार रातेलगायत उच्च पहाडी क्षेत्र हिउँले ढाकिएका छन् ।

ताप्लेजुङको ओलाङचुङ्गोला,घुन्सा, याङ्मा, लेलेप, ग्वाब्ला, तोक्पेगोला र फले लगायतका उच्चा क्षेत्रमा हिउँ परेको हो ।  मध्य पहाडी राजमार्ग आसपासका क्षेत्रमा हिमपात भएका छन्  । तेह्रथुमको टिएमजे क्षेत्रमा समेत हिमपात भएको छ ।

तेह्रथुम, ताप्लेजुङ र सङ्खुवासभा क्षेत्रमा पर्ने टिएमजे क्षेत्रमा  हिमपात भएको छ। हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । तीनजुरे, चौकी, गुफा पोखरी क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन्  । टिएमजे क्षेत्रमा एक फिटभन्दा बढी हिउँ जमेको छ ।

चरनका लागि लगिने गाईवस्तु, बाख्रा, भेडा, च्याङ्ग्रालाई समस्या भएको स्थानीयको भनाइ छ । हिउँ परेका कारण विराटनगर, इटहरी तथा धरानबाट समेत हिउँ खेल्न जानेहरूको सङ्ख्या धेरै रहेको लालिगुराँस नगरपालिका १ का शुक्र राईले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *