कटुवा पेस्तोलसहित एक जना पक्राउ

सुनसरी । सुनसरीमा कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । दुहबी नगरपालिका ३ स्थित सामुदायिक हस्पिटल अगाडि बाटोबाट एक थान कटुवा पेस्तोलसहित ईटहरी उपमहानगरपालिका १२ खनारका सुशील साह पक्राउ परेका हुन् ।

हातहतियार बोकी हिँडिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले उनलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *