कटुवा पेस्तोलसहित एक जना पक्राउ
२०७८ पुस १४ गते

फाइल तस्बिर
सुनसरी । सुनसरीमा कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । दुहबी नगरपालिका ३ स्थित सामुदायिक हस्पिटल अगाडि बाटोबाट एक थान कटुवा पेस्तोलसहित ईटहरी उपमहानगरपालिका १२ खनारका सुशील साह पक्राउ परेका हुन् ।
हातहतियार बोकी हिँडिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले उनलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
२०७८ पुस १४ गते
प्रतिक्रिया
सम्बन्धित








