गोंगबु बसपार्कमा महिलामाथि सामूहिक बलात्कार गरेको अभियोगमा ७ जना पक्राउ

काठमाडौँ । काठमाडौँको नयाँ बसपार्कमा महिलामाथि सामूहिक बलात्कार भएको छ । ती महिलाकाअनुसार पटक–पटक गरी विभिन्न समयमा बलात्कार भएको हो ।

पीडितका आफन्तले महानगरीय प्रहरी परिसर काठमाडौँमा उजुरी दिएपछि प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । सीसीटीभी फुटेजको आधारमा उनीहरुलाई मंगलबार राति पक्राउ गरिएको परिसरका एसएसपी सुदीप गिरीले जानकारी दिए ।

एसपी गिरीका अनुसार घटनामा संलग्‍न अन्य दुई जना फरार रहेको र उनीहरुको खोजी भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *