नेप्से झिनो अकंले घट्यो, सवा ३ अर्बकाे काराेबार

काठमाडौँ । साताको तेस्रो कारोबारको दिन मगंलबार सेयर बजार (नेप्से) परिसूचक २.६६ अङ्कले घटेको छ ।

यस दिन कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक ०.११ प्रतिशतले घटेर २५१८.९९ बिन्दुमा आइपुगेको हो ।

सेन्सेटिभ इन्डेक्स समेत यस दिन ०.९१ अङ्कले घटेर ४७०.९८ बिन्दुमा पुगेको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ७ उपसमूहका सूचक घटेका छन् भने बाकीका बढेका छन् ।

मगंलबार २ सय ३० कम्पनीका २८ लाख २८ हजार ७ सय ८३ कित्ता सेयर ३ अर्ब १२ करोड ५५ लाख ७५ हजार ६ सय ३२ रुपैयाँमा खरिदबिक्री भएको छ ।

यस दिन मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको सयेर मूल्य १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *