क्यानडामा आठ वर्षयताकै बढी जाडो
मकालु खबर
२०७८ पुस १२ गते
काठमाडौँ । क्यानडाको उत्तरी र पश्चिमी क्षेत्रमा केहि दिनयता जाडो अत्यधिक बढेको छ । द वेदर नेटवर्कका अनुसार आइतबार क्यानडाका केही क्षेत्रको तापक्रम आठ वर्षयताकै कम मापन गरिएको छ ।
ती क्षेत्रको तापक्रम माइनस ५१ डिग्री सेल्सियस पुगेको हो । क्यानडाको र्याबिट क्याटल‚ नर्थवेस्ट टेर्रेटोरिजलगायतका क्षेत्रहरूमा तापक्रम माइनस ५१.१ डिग्री सेल्सियस पुगेको छ ।
यसअघि सन् २०१३ को फेब्रुअरीमा क्यानडाका यूरेका‚ नूनभुट क्षेत्रमा माइनस ५१ डिग्री सेल्सियस तापक्रम अनुभव गरिएको थियो । त्यसपछिको सबैभन्दा कम तापक्रम यो नै मापन गरिएको हो ।
तर‚ क्यानडाकै लुइसबर्ग‚ नोभा स्कोसियालगायतका क्षेत्र भने देशकै सबैभन्दा बढी तापक्रम रहेको क्षेत्रमा परेका छन् ।
ती ठाउँमा स्थानीय समयानुसार दिउँसो २ बजेकाे तापक्रम ४.६ डिग्री सेल्सियस रहेको द वेदर नेटवर्कले जनाएको छ ।
मकालु खबर
२०७८ पुस १२ गते
प्रतिक्रिया
सम्बन्धित