नेप्से ६९ अकंले घट्याे, साढे ५ अर्बको कारोबार

काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार (नेप्से) परिसूचक ६९.७७ अङ्क घटेको छ । यस दिन कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक २.६९ प्रतिशतले घटेर २५२१.६५ बिन्दुमा आइपुगेको हो ।

सेन्सेटिभ इन्डेक्स १०.८५ अङ्कले घटेर ४७१.८९ बिन्दुमा पुगेको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सबै उपसमूहका सूचक घटेका छन् ।

सोमबार २ सय ३८ कम्पनीका १० करोड २९ लाख २ हजार २ सय २६ कित्ता सेयर ५ अर्ब ६० करोड ७४ लाख ३९ हजार ६ सय ७१ रुपैयाँमा खरिदबिक्री भएको छ ।

यस दिन गोर्खाज फाइनान्स लिमिटेड र मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको सयेर मूल्य १० प्रतिशतले बढेको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *