नोबेलमा बीएस्सी नर्सिङका विद्यार्थीले गरे पौष्टिक आहार र खेलौनाको प्रदर्शनी

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरूले गर्भवती महिलाले खानुपर्ने पौष्टिक आहार र बच्चाले उमेरअनुसार प्रयोग गर्न उपयुक्त हुने खेलौनाको प्रदर्शनी गरेका छन् ।

नोबेलको बीएस्सी नर्सिङ तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूले कलेज परिसर मा पौष्टिक आहार र खेलौनाको प्रदर्शनी गरेका हुन् ।

बिएस्सी नर्सिङ तेस्रो वर्षको पाठ्यक्रमअनुसार विद्यार्थीहरूले प्रदर्शनी गरेको नोबेलकी नर्सिङ डाइरेक्टर निलम झाले जानकारी दिइन् । प्रदर्शनीमा २८ जना विद्यार्थी सहभागी थिए ।

उनीहरूले गर्भवती हुनुअघि महिलाहरूले अपनाउनुपर्ने सावधानी र गर्भवती भएपछि खानुपर्ने उपयुक्त पौष्टिक आहारको प्रदर्शनी गरेका छन् । त्यस्तै, बच्चा जन्मिएदेखि १९ वर्षको उमेरसम्ममा बच्चाले उमेरअनुसार प्रयोग गर्न उपयुक्त हुने खेलौनाको पनि कलात्मक प्रदर्शनी गरिएको थियो ।

बच्चाको उपयुक्त शारीरिक र मानसिक वृद्धि विकासका लागि बेलैदेखि सावधानी अपनाउनुपर्ने भएकाले अस्पतालमा आएका बिरामी तथा कुरुवाहरूलाई सोहीअनुसारको प्रदर्शनी गरेर देखाइएको बिएस्सी नर्सिङ तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी गरिमा खनालले बताइन् । बिएस्सी नर्सिङ तेस्रो वर्षका विद्यार्थीहरूले हरेक वर्ष यसरी नै प्रदर्शनी गर्दै आएका छन् ।

नोबेलमा डीएम एमसीएच, एमडी, एमएस, एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएनएस, बीपीटी, ल्याब टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन र डिफार्म सङ्कायमा करिब १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *