डोबाटेलाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी दिइने

पोखरा । दसैँअघि बिनाविभागीय मन्त्रीको शपथ लिएका तनहुँका सांसद डोबाटे विश्वकर्मालाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जिम्मेवारी हेरफेर गर्दै आफैँसँग रहेको आन्तरिक मामिला मन्त्रालय डोबाटेलाई दिन लागेका हुन् ।

उनी असोज २५ गते मन्त्रीमा नियुक्त भएका थिए । यसअघि आन्तरिक मामिला मन्त्रालय छुट्टै भए पनि पूर्वमुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालय फुटाएर ११ वटा बनाउनुका साथै छुट्टै भएको आन्तरिक मामिलालाई आफू मातहत तानेका  थिए ।

अहिले पुनः मन्त्रालय फुटाएर आन्तरिकलाई छुट्याइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *