विपद् जोखिम व्यवस्थापनमा समन्वयको अभाव, सूचना प्रणालीलाई एकद्वार बनाउनु पर्ने

विराटनगर।विपद् व्यवस्थापन तथा न्यूनीकरणमा तीन तहको बीचमा समन्वय नहुँदा राहत उद्धार र पुनर्स्थापना समस्या भएको अधिकारीहरूले बताएका छन् । संघ प्रदेश र स्थानीय तहबीच टास्क बनाएर समन्वयमा काम हुनुपर्ने उनीहरुले बताएका हुन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र आन्तरिक मामिला तथा कानून मन्त्रालयले आयोजना गरेको प्रदेश १ स्तरीय २०७८ मनसुन विपद् प्रतिकार्य समीक्षा तथा परामर्श कार्यक्रममा बोल्दै नीतिमा भएको व्यवस्था कार्यान्वयनमा नै तीन तहबीच समन्वय नभएको बताएका हुन् ।

आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले  विपद्  जोखिम न्यूनीकरणका लागि सबै मिलेर लाग्नु पर्ने बताए । उनले प्रदेशमा विपद् जोखिमको नक्साङ्कन गरिने बताए । प्राधिकरणका उपसचिव डा‍ डिजन भट्टराईले मनसुनजन्य घटना २०७८ को प्रतिबिम्ब घटना र संघीय सरकार र प्रदेश सरकार बीच सहकार्य क्षेत्रको बारेमा जानकारी दिँदै स्थानीय तहलाई विपद् पछिको पुन निर्माणमा लगाउनु पर्ने  बताए ।

कानून निर्माणले विपद्को घटनामा कमी हुने भएपनि कार्यान्वयनमा समन्वय हुनुपर्ने उनले जानकारी दिए ।  एकीकृत सूचना प्रणालीको विकास गर्दै एकीकृत सूचना पोर्टल बनाउन उनको आग्रह गरे । सबैले आफ्नो आफ्नो डाटा ल्याउन नहुने बताए ।

सस्तो लोकप्रियताको लागि रकम बाँड्ने काम प्रदेश र स्थानीय तहबाट हुने गरेकोले  एकद्वार प्रणालीबाट वितरण हुनुपर्ने उनको भनाइ छ । एउटा एप्स बनाइएको छ, त्यस एप्समा इन्ट्री भएपछि त्यसको आधारमा स्थानीय तहले सिफारिस गर्ने, त्यसको आधारमा जिल्ला विपद् व्यवस्थापनले त्यही एप्सबाट प्रमाणित गर्न सकिने र त्यही विवरण प्राधिकरणमा जाने भएकोले दायित्व अनुसारको एकद्वार रकम वितरण प्रक्रिया अघि बढाउनु पर्नेमा जोड दिइएको छ ।

विश्व स्वास्थ्य संगठन प्रदेश १ का टिम लिडर डा सागर पौडेलले कोभिडको विपदमा अस्पतालहरू बीचमा समन्वय नदेखिएको  उल्लेख गरे । प्रदेश १ मा डुबान, बाढी, पहिरो, हिमताल फुट्ने सम्भावना रहेको छ । २७ सय जनाले विपद् व्यवस्थापन तालिम लिएका छन् ।

सशस्त्र प्रहरीसँग प्रदेश १ बाहिनीमा ५० जनाको विपद् व्यवस्थापन सम्बन्धी टिम रहेको छ भने प्रदेश १ मा १५९ जना सशस्त्र प्रहरी सक्रिय रहेको सशस्त्र प्रहरी १ नम्बर बाहिनीका डिएसपी विरेन्द्र खनालले जानकारी दिए ।

विपद्को जोखिम घटाउने हो भने सचेतना अभियान सञ्चालन गर्ने हो भने उद्धारमा सहज हुने उल्लेख गरे । प्रदेश विपद् व्यवस्थापन शाखाका अधिकृत  हितेश बस्नेतले प्रदेश १ मा कार्तिक महिनामा मात्र  १३ अर्बको क्षति भएको बताए । उनले साउनमा १० करोडको क्षति भएको समेत जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *